पेरिस ओलम्पिक : आफ्नै समर्थकमाथि कडाइ गर्दै चीन « Khabarhub

पेरिस ओलम्पिक : आफ्नै समर्थकमाथि कडाइ गर्दै चीन


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पेरिस ओलम्पिकमा आफ्नै देशका खेलाडीको प्रदर्शनलाई प्रभावित पारेको भन्दै चीनले खेल प्रशंसकहरूमाथि कडाइ गर्न थालेको छ ।

खेल दौरान अनुचित व्यवहार गरेको भन्दै चीन सरकारले कडाइ गरेको हो । प्रतिष्पर्धा भइरहँदा चिनियाँ खेल समर्थकले अनावश्यक हल्लाखल्ला गरेको र रेफ्रीमाथि बेकारमा आरोप लगाएको बताइएको छ ।

अगष्ट ३ मा टेबलटेनिसको महिला स्पर्धामा आफ्नै देशकी सुन यिंग्शालाई हराएपछि पैडलर चेनन मेङमाथि प्रशंसकहरूले अनुचित व्यवहार गरेका थिए ।

उनीहरूले मेङको आलोचना गर्दै सुनको समर्थनमा सामाजिक सञ्‍जालमा हजारौं पोस्ट गरेका थिए । तीनवटा म्याच खेलेकी सुन यिंग्शा थाकेका कारणमात्रै मेङले खेल जितेको टिप्पणी भएको थियो ।

चीनका सामाजिक सञ्‍जालमा सामूहिक रूपमै सो प्रतियोगितालाई लिएर घृणा र विवाद फैलाएको भन्दै चीनले १० हजारभन्दा बढी पोस्ट हटाइदिएको थियो । साथै, करिब ८०० सञ्जाल खाताहरू नै बन्द गरिदिएको थियो ।

सुन यिंग्शाका एक समर्थकले त चेन मेङ डोपिङमा फस्नुपर्ने र स्वर्णपदक सुनले पाउनुपर्नेसम्म लेखेका थिए । यस्तो पोस्ट गरेपछि मानिसहरू भड्किएका थिए ।

प्रतिष्पर्धाबारे आपत्तिजनक टिप्पणी गरेपछि २९ वर्षीया एक महिला प्रशंसकलाई चीनमा गिरफ्तार नै गरिएको छ ।

पेरिस ओलम्पिक शुरू हुनुअघि नै चीनले आफ्ना नागरिकमा रहेको खेल समर्थन संस्कृतिलाई लिएर चेतावनी जारी गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १२ : ३८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप