पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन « Khabarhub

पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टचार्यको निधन


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको बिहीबार निधन भएको छ ।

भट्टाचार्यको ८० वर्षको उमेरमा कोलकातामा निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निवासमै निधन भएको हो ।

भट्टाचार्य सन् २००० देखि २०११ सम्म लगातार ११ वर्ष पश्चिम बङ्गालको मुख्यमन्त्री बनेका थिए ।

उनी एक चर्चित भारतीय राजनीतिज्ञ तथा मार्क्सवादी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य थिए ।

उनले जाधवपुर विधानसभा क्षेत्रबाट १४ मे २०११ सम्म विधायक रहे। २४ वर्षसम्म विधायक रहेपछि उनी आफ्नै सरकारका पूर्व मुख्य सचिव मनीष गुप्तासँग पराजित भए ।

उनी आफ्नै विधानसभा क्षेत्रमा हार्ने पश्चिम बंगालका दोस्रो मुख्यमन्त्री थिए । उनीभन्दा अघि प्रफुल चन्द्र सेन सन् १९६७ मा आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १२ : ४८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर