प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहारप्रति ह्वाइट हाउस चिन्तित « Khabarhub

प्यालेस्टिनी कैदीविरुद्धको दुर्व्यवहारप्रति ह्वाइट हाउस चिन्तित


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली हिरासतमा रहेका प्यालेस्टिनी कैदीविरुद्ध बलात्कार, यातनालगायतका दुर्व्यवहारप्रति ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले गहिरो चिन्ता व्यक्त गरेका छन्।  

संक्षिप्त पत्रकार भेटका क्रममा बोल्दै जीन–पियरेले अमेरिका सधैँ स्पष्ट इजरायलको पक्षमा रहेको बताउँदै बन्दीहरूलाई मानवीय व्यवहार अन्तर्राष्ट्रिय कानून अनुसार गर्नुपर्ने बताएका हुन् । 

बन्दीहरूलाई मानवीय मर्यादाका साथ व्यवहार गरी  बन्दीहरूको मानव अधिकारको सम्मान गर्नुपर्ने तथा दुर्व्यवहारका लागि जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनले बताए ।  

इजरायली रक्षा बलसंवद्ध सैनिकद्वारा प्यालेस्टिनी बन्दीहरूमाथि गम्भीर प्रकृतिका दुर्व्यवहार गरेको अनुसन्धानपछिको दावीलाई समर्थन गर्दै पियरेले कानुनको पालना गरी विधिको शासन र उचित प्रक्रिया कायम हुनु आवश्यक रहेको बताए ।  

उनले नेताहरूको पहलले मात्र यस क्षेत्रको तनावबारे कूटनीतिक सम्झौता गरी युद्धविराम र बन्धक मुक्तिको सम्झौतालाई निष्कर्षमा ल्याइने जानकारी गराए। 

यसबारेमा अमेरिकी राष्ट्रपति बाइडेनसमेतले केही समयदेखि चासो राख्दै आएको बताउँदै उनले सम्झौताका लागि निरन्तर काम गरी कैदीको मानव अधिकार संरक्षण र मध्यपूर्वको तनाव व्यवस्थापन गर्न प्रयासरत रहेको बताएका छन् ।  

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : २९ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने