जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी « Khabarhub

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

टोक्यो- जापानमा बिहीबार अपरान्ह शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकन भौगर्भिक विभागका अनुसार दक्षिणी जापानमा शक्तिशाली भूकम्प को धक्का महसुस भएको हो ।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता इलाकामा सुनामीको चेतावनी जारी गरिएको छ।

जपानका प्रधानमन्त्रीले पनि भूकम्पपछि सरकारको तर्फबाट केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशनअुनसार जनतालाई समयमै सुनामी र अन्य जोखिमबारेको सूचना तत्काल दिन भनिएको छ ।

साथै क्षति रोक्नका लागि नागरिकलाई जोखिमयुक्त स्थानबाट निकाल्ने जस्ता कदम चाल्न भनिएको छ । सम्भावित क्षतिको तत्काल आकलन गर्न पनि उनले सरकारी  निकायलाई भनेका छन् ।

स्थानीय सरकारसँग मिलेर काम गर्न नियमित सम्पर्कमा रहन आग्रहसहित जापानी प्रधानमन्त्रीले नागरिकको ज्यान बचाउन कुनै कसर बाँकी नराख्न भनेका छन् ।

भूकम्पको केन्द्र जापानको क्यूशु द्वीपमा जमीनबाट करिब ८.८ किलोमिटर तल रहेको बताइएको छ। यसअघि १ जनवरीमा पनि त्यहाँ ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो ।

यसमा ३१८ जना मानिस मारिएका थिए भने १३ सय घाइते भएका थिए । इशिकावामा भूकम्पले कयौँ स्थानको जमिन फाटेको थियो । यसका कारण २०० घर जलेर ध्वस्त भएका थिए ।

यसअघि मार्च २०११ मा जापानमा अहिलेसम्मकै खतरनाक भूकम्प आएको थियो। जसकाकारण १६ हजार मानिस मारिएका थिए ।

जापानको ‘सुनामी वार्निङ सिस्टम’ का अनुसार यदि भूकम्पपछि एडभाइजरी या अलर्ट जारी गर्नका लागि समुद्रमा १ मिटर अग्लो लहर उठेमा निर्णय लिइन्छ । सुनामीको उचाई बढेर पछी ३ देखि ५ मिटर पुग्छ । यदि ५ मिटर समुद्री लहर उठेमा त्यसलाई मुख्य सुनामी मानिन्छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  २ : ५७ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको