भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो « Khabarhub

भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- राजनीतिक तनाव र हिंसा बढ्दै गएपछि बंगलादेश छाड्ने नागरिकको संख्या बढ्न थालेको छ ।

बंगलादेशी नागरिकहरू असुरक्षाका कारण देश छाड्ने विकल्पमा लागेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारेको छ ।

पछिल्लो पटक बुधबार भारत छिर्न लागेका एक हजार जना बंगलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले रोकेको छ ।

भारततिर छिर्न तयार भएर एकसाथ आएका उनीहरूलाई बीएसएफका जवानहरूले जलपाईगुडीनजिकै रोकिदिएका हुन् ।

नर्थ बंगाल फ्रन्टियरका अनुसार यी मानिसहरू बंगलादेशमा प्रदर्शनकारीको आक्रमणबाट जोगिन जम्मा भएर भारततिर छिर्न तयार थिए ।

शेख हसिनाले देश छाडेपछि हिन्दू बंगलादेशीमाथि अत्याचारको आरोप लागिरहेको छ । पश्चिम बंगालको जलपाईगुडीस्थित भारत-बांग्लादेश सीमामा १ हजार भन्दा धेरै बंगलादेशी हिन्दू पुगेको भारतीय सञ्चाररमाध्यमले जनाएका छन् । उनीहरू भारतमा प्रवेशका लागि आतुर देखिएका छन् ।

तर बीएसएफ र बोर्डर गार्ड बंगलादेशले देश छाड्न तयार यी बंगलादेशी सर्वसाधारणसँग संवाद गरेका थिए । त्यसपछि उनीहरू बंगलादेशतिरै अड्किएका छन् ।

बंगलादेशसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा अहिले बीएसएफ उच्च सतर्क अवस्थामा छ । उसले गस्ती तीव्र बनाएको छ ।

सोमबार बंगलादेश छोडेर भारत आएकी शेख हसिनाले आफ्ना अतिआवश्यक सामान र कपडासमेत बोक्न नपाएको खुलेको छ । उनलाई देश छाड्न सेनाले केबल ४५ मिनेटको समय दिएको थियो ।

सोमबार भारतको गाजियावादस्थित हिन्डन एयरफोर्स स्टेशनमा उत्रिएकी उनले त्यहाँस्थित सपिङ सेन्टरमा कपडा र अन्य आवश्यक सामान किनेकी छन् ।

अर्कातिर बंगलादेशमा आज अन्तरिम सरकार गठन हुँदैछ । १५ सदस्यीय यस सरकारको नेतृत्व नोबेल शान्ति पुरस्रका विजेता मोहम्मद युनुसले गर्दैछन् ।

यूनुस आज अपरान्ह ढाकामा उत्रिँदैछन् । राति ८ बजेर ३० मिनेटमा उनले सरकारको शपथ ग्रहण समारोहमा भाग लिनेछन् । ढाका ट्रिब्युनका अनुसारशपथ समारोहमा करिब ४ सय मानिस सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : २१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं