अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’ « Khabarhub

अन्तरिम सरकार सम्हाल्न ढाकामा युनुस, भने-‘बंगलादेश दोस्रोपटक स्वतन्त्र भयो’


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् ।

उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् ।

उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए ।

प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने छ । उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व सुम्पिने निर्णय गरेका हुन्।

बंगलादेशी विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने बताएका थिए। तर विद्यार्थीहरूले युनुसको नेतृत्वमा बन्ने सरकार स्वीकार्ने बताएका थिए ।

मोहम्मद युनुसले पत्रकारसँगको कुराकानीका क्रममा आफूलाई बंगलादेशले दोस्रो पटक स्वतन्त्रता पाए जस्तै महसुस भएको बताए ।

मोहम्मद युनुसले बंगलादेशमा कानुन व्यवस्था बहाली गर्न अपील पनि गरेका छन् । उनले पछिल्ला केही दिनयता देशमा उथल-पुथलको माहोल देखिएको भन्दै अब सम्हाल्ने बेला आएको बताए ।

गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ४ : ४३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका