नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै « Khabarhub

नेतृ हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ । बंगलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अंकमा छ । 

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गराएका थिए । 

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै  शपथ ग्रहण गर्ने बंगलादेश सेना प्रमुख जनरल वाकर-उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने संकेत गर्दै जमानले  अब बंगलादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन-चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताए । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : ४४ बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान