जनप्रतिनिधि र मन्त्रीका लागि कांग्रेसले बनायो कार्यसम्पादन निर्देशिका « Khabarhub

जनप्रतिनिधि र मन्त्रीका लागि कांग्रेसले बनायो कार्यसम्पादन निर्देशिका


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले तीनवटै तहको सरकारमा सहभागी जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ ।

जनप्रतिनिधिहरूले आगामी दिनमा अझै प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले कांग्रेसले २९ बुँदे ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ निर्माण गरेको हो ।

त्यसलाई पालना र कार्यान्वयन गर्नु सम्बन्धित सबैको अनिवार्य कर्तव्य र विशेष दायित्व हुने निर्देशिकामा भनिएको छ । बुधबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयन हुने बताइएको छ ।

तीनवटै तहका जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेको मितिले एक महिनाभित्र आ–आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना आफूसम्वद्ध कांग्रेस कार्यसमितिलाई सुसूचित गर्ने, सम्वद्ध कार्यसमिति समेतको सुझाव सम्मिलित कार्ययोजना नागरिक पंक्ति समक्ष प्रतिबद्धताका रुपमा प्रस्तुत गर्ने निर्देशिकमा उल्लेख छ ।

‘तीनवटै तहका जनप्रतिनिधिले देशको मुलकानून संविधानले निर्दिष्ट गरेका अधिकारको दायरामा रहेर कार्य गर्नेछन्,’ निर्देशिकमा भनिएको छ, ‘अधिकारको प्रयोग गरिरहँदा सो अधिकारले विन्यास गरेको कर्तव्यलाई जनप्रतिनिधिले पूर्ण आत्मसात गर्ने छन् ।’

‘संघ र प्रदेश दुवै तहका सदस्य आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी दुई महिनामा कम्तिमा एकपटक अनिवार्य पुग्ने’ निर्देशिकाको पाँचौं बुँदामा लेखिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ०३ बजे

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका