जनप्रतिनिधि र मन्त्रीका लागि कांग्रेसले बनायो कार्यसम्पादन निर्देशिका « Khabarhub

जनप्रतिनिधि र मन्त्रीका लागि कांग्रेसले बनायो कार्यसम्पादन निर्देशिका


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले तीनवटै तहको सरकारमा सहभागी जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ ।

जनप्रतिनिधिहरूले आगामी दिनमा अझै प्रभावकारी भूमिका निभाउन सहज होस् भन्ने उद्देश्यले कांग्रेसले २९ बुँदे ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ निर्माण गरेको हो ।

त्यसलाई पालना र कार्यान्वयन गर्नु सम्बन्धित सबैको अनिवार्य कर्तव्य र विशेष दायित्व हुने निर्देशिकामा भनिएको छ । बुधबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयन हुने बताइएको छ ।

तीनवटै तहका जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेको मितिले एक महिनाभित्र आ–आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना आफूसम्वद्ध कांग्रेस कार्यसमितिलाई सुसूचित गर्ने, सम्वद्ध कार्यसमिति समेतको सुझाव सम्मिलित कार्ययोजना नागरिक पंक्ति समक्ष प्रतिबद्धताका रुपमा प्रस्तुत गर्ने निर्देशिकमा उल्लेख छ ।

‘तीनवटै तहका जनप्रतिनिधिले देशको मुलकानून संविधानले निर्दिष्ट गरेका अधिकारको दायरामा रहेर कार्य गर्नेछन्,’ निर्देशिकमा भनिएको छ, ‘अधिकारको प्रयोग गरिरहँदा सो अधिकारले विन्यास गरेको कर्तव्यलाई जनप्रतिनिधिले पूर्ण आत्मसात गर्ने छन् ।’

‘संघ र प्रदेश दुवै तहका सदस्य आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी दुई महिनामा कम्तिमा एकपटक अनिवार्य पुग्ने’ निर्देशिकाको पाँचौं बुँदामा लेखिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ०३ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै