स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ


२४ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

उनका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशिष गुप्ता, ३९ वर्षीय पंकज जैसवाल र ४६ वर्षीय विमल गुप्ता पक्राउ परेका छन् ।

 उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताए। 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ७ : ३४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको