राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ ! « Khabarhub

राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ !


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  महानायकको छवि बनाएका राजेश हमाल ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’बाट ठूलो पर्दामा फर्किने भएका छन् । केही दिनअघि निर्माण पक्षले हमाल फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।

निर्माण पक्षले हमालसँग कागजी सम्झौता गरे पनि फिल्मको नाम सार्वजनिक गरेको थिएन । थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको नाम सार्वजनिक गरिएको हो । 

निर्देशक दिवाकर भट्टराईले फिल्म एक्सन जनरामा बन्ने यसअघि नै खुलाएका थिए । साथै, यो फिल्मबाट हमालको उत्कृष्ट कमब्याक हुने उनको दाबी छ । 

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यस फिल्म कथाबारे केही जानकारी गराइएको छैन । फिल्मका अन्य कलाकार र निर्माताबारे अहिलेसम्म खुलाइएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ७ : ४९ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने