चन्दा आतंक बढेको भन्दै पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

चन्दा आतंक बढेको भन्दै पाकिस्तानमा प्रदर्शन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अराजकता बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

दक्षिणी वजिरिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै हजारौँ स्थानीय सडकमा उत्रेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार दक्षिण वजिरिस्तानका वाना, बजउरजस्ता क्षेत्रमा भएको प्रदर्शनमा हजारौँ स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । प्रदर्शनको आयोजना मुत्थैदा सियासी अमन पसवुन नामक संस्थाले गरेको ट्रिब्युनले जनाएको छ ।

प्रदर्शनमा स्थानीय राजनीतिक नेता, सामाजिक अभियन्ता, जातीय अगुवा, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, मजदुर र सर्वसाधारणको सहभागिता रहेको जनाइएको छ । प्रदर्शनकारीले अराजकताको अन्त्य गर्न, शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १० : ३५ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको