आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार सन् २०२४ सेप्टेम्बर ८ तारिख। भाद्र शुल्क पक्षको पञ्चमी तिथि। सप्तऋषि पूजा एवम् ऋषि पञ्चमी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : परिवारमा अविश्वास बढ्नेछ। घरभित्र भन्दा बाहिरको निर्णय लागू गर्न खोज्दा परिवारमा खटपटी हुनेछ। सामाजिक क्षेत्रमा भने तपाईंको प्रशंसा हुनेछ। सुख र दुःखमा परिवारको साथ र सहयोग राम्रो रहनेछ।

वृष : तपाईंलाई सहयोग गर्ने भन्दा विपक्षी साथीको बहुमत रहेको छ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट तपाईंको नाम र दाम बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ ऊर्जा थपिने योग छ। परिवारको सहयोगले दिन रमाइलो बन्नेछ।

मिथुन : शिक्षामा गरेको लगानीबाट सोचेजस्तो नतिजा प्राप्त नहुँदा मन दुःखी हुनेछ। व्यवसायको क्षेत्रमा भने उन्नति हुनेछ। व्यापारमा खुशी मिल्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। आफन्तबाट असहयोग मात्र हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको तर्फबाट राम्रो साथ र सहयोग मिल्नेछ।

कर्कट : आफ्नो पद र कुर्सीको मोह बढ्नेछ। कुर्सी मोहले आफन्त टाढा हुनेछन्। संगठनमा तपाईंसँग रहेका साथीहरुले समूह परिवर्तन गर्दा तपाईंलाई घाटा हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा सहज बन्नेछ।

सिंह : साना कुराले ठुला काम ओझेलमा पर्ने सम्भावना बनेका छन्। हिम्मत गरेमा शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट तपाईंको उचाई बढ्नेछ। अध्ययनमा उत्साह थपिने छ। योजना गोप्य राखेर सफलता मिलेपछि मात्र सार्वजनिक गर्नु राम्रो हुनेछ।

कन्या : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोल्दा तपाईंले नसोचेको नराम्रो कुरा बोलिने भएकाले बोल्नु अगाडि गर्नु बन्नु राम्रो हुनेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह गरेको काम सफल बन्नेछ।

तुला : प्रतिस्पर्धा गर्ने भाव बढ्ने योग छ। आफ्नो उचाईको मूल्य जोगाउन नसक्दा आलोचना हुनेछ। शिक्षामा गरेको श्रम र लगानीले तपाईंलाई उत्साह मिल्नेछ। राजनीतिक संगठन बलियो भएकाले महत्त्वपूर्ण ठाउँमा अवसवर मिल्नेछन्। परिवारसँगको सम्बन्ध शान्त र सहज बन्नेछ।

वृश्चिक : आम्दानीका अवसर धेरै छन्। स्वदेशमै नाम र दाम कमाउने योग छ। प्राविधिक र वैज्ञानिक तरिकाले गरिने काम सफल बन्नेछन्। राज्यको विसंगतीको चर्चामा समय बित्नेछ। परिवारभित्र सल्लाह हुन नसक्दा प्रेममा खटपटी बढ्नेछ।

धनु : समयमा साथीसँग सल्लाह मिल्नेछ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। आफ्नो घरमा आइपुगेका आगन्तुकले मार्गदर्शन गर्नेछन्। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुने योग छ।

मकर : पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। प्राविधिक शिक्षा र राजनीतिमा झुकाब बढ्नेछ। आफूभन्दा बौद्धिक व्यक्तिलाई लिएर सहकार्य गरेमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्धमा विश्वासका साथ गरेको लागानी फस्ने भएकाले कर्तव्यमात्र पूरा गर्नु राम्रो हुनेछ।

कुम्भ : भाग्यको स्थानमा चन्द्रमा गोचरी गर्दैछन्। नयाँ कामको थालनी हुनसक्छ।समकालीन साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। नयाँ ऊर्जा र जोश बढ्नेछ। राजनीतिमा ठगबाट बचेर काम लिनु । परिवारमा तपाईंलाईं दास बनाएर हाँस्नेहरु संगठित रहेकाले सचेत बन्नु राम्रो हुनेछ।

मीन : बढी सुख खोज्ने इच्छा बढ्दा रोग बढ्नेछ। शारीरिक र मानसिक श्रम गर्नुपर्ने दिन छ। दैनिकी सहज बन्नेछ। आफूभन्दा ठुलाबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ। परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : १६ बजे

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा