टेकुको ऋषेश्वरमा सप्‍तर्षिको पूजा गर्न भक्तजनको घुइँचो « Khabarhub

टेकुको ऋषेश्वरमा सप्‍तर्षिको पूजा गर्न भक्तजनको घुइँचो


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्‍तर्षिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको छ ।

नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, वशिष्‍ठ, जमदग्नि, गौतम र विश्वामित्र ऋषिको पूजा गर्ने प्रचलन छ । सप्‍तर्षिको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भएर पारिवारिक सुख, शान्ति तथा पुण्य सञ्चय हुने विश्वास छ ।

काठमाडौं महानगरपालिका–१२ वडाले गए राति १२ बजेदेखि नै मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरेको हो । भक्तजनको सुरक्षा, भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्काउट, स्वयंसेवकको टोली खटिएका छन् ।

महानगरपालिका–१२ वडाले मेलालाई व्यवस्थित गर्न मन्दिरमा सरसफाइ, रङरोगन, सडकबत्तीको प्रबन्धलगायत कार्य सम्पन्न गरेको जनाएको छ ।

महानगरपालिका–१२ का वडाध्यक्ष बालकृष्ण महर्जनले तीजमा व्रत बसेका महिलाले मन्दिरमा छिटो, छरितो र सहज दर्शनका गर्ने व्यवस्था गर्नुका साथै अशक्त तथा वृद्धवृद्धालाई लाइन बस्न नपर्ने गरी मन्दिरमा दर्शनको प्रबन्ध मिलाइएको जानकारी दिए ।

मन्दिर परिसरमा ब्राह्मणद्वारा पञ्चमीको पूजा गराउने तथा दान, दक्षिणा गर्ने महिलाको उल्लेख्य सङ्ख्यामा सहभागिता छ । रेडक्रस, विभिन्न सामाजिक तथा धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले भक्तजनलाई  सहयोग गरेका छ्न् । प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविरको व्यवस्था गरिएको छ ।

मन्दिर परिसर बाहिरी भागमा त्यहाँ आउने भक्तजन आकस्मिक बिरामी भएमा उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको व्यवस्था गरिएको छ । मन्दिर आसपासमा सञ्चालन हुने सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएकाले टेकुबाट कुलेश्वर र सानेपातर्फ प्रस्थान गर्ने सवारीसाधनलाई निषेध गरिएको छ । मन्दिर परिसरमा भक्तजनले आ–आफ्नो समूह बनाएर नाचगान पनि गरिरहेका छन् । 

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : ३१ बजे

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब