१७ तस्बिरमा हेर्नुस् काठमाडौंमा ऋषि पञ्चमी पूजा « Khabarhub

१७ तस्बिरमा हेर्नुस् काठमाडौंमा ऋषि पञ्चमी पूजा


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सनातन हिन्दू धर्मावलम्बी नारीहरूले आज (आइतबार) सप्तर्षिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाएका छन् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ।

यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

आज काठमाडौंको पशुपतिनाथ, टेकुस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।

काठमाडौंको टेकुस्थित ऋषेश्वर र काठमाडौंको गुह्येश्वरी मन्दिर आसपासमा श्रद्धालु महिला भक्तजनहरू ऋषि पञ्चमी पूजा गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ११ : ५८ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले