कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड « Khabarhub

कांग्रेस-एमाले सरकार टिकिरहे माओवादी बलियो भएर आउँछ : प्रचण्ड


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक र समावेशी अधिकारलाई उल्टाउने गरि संविधान संशोधन हुन नसक्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संविधान संशोधनको विरोधी आफूहरू नभएको जिकिर गरे।

तर समानुपातिक र समावेशी अधिकारलाई उल्ट्याउने गरि संविधान संशोधन हुन नसक्ने उनले जिकिर गरेका छन् ।

जनताले पाएको अधिकार उल्ट्याउने गरी र समानुपातिक र समावेशी प्रणालीलाई राष्ट्रिय सभामा लाने गरि संशोधन गर्न खोजिए सहमत हुन नसकिने उनको भनाइ छ ।

प्रचण्डले जनताले पाएको अधिकार अझै थप्ने गरी गरिने संविधान संशोधनमा आफ‍ूहरूको सकारात्मक समर्थन नै हुने तर्क गरे ।

त्यस्तै उनले अहिले माओवादीको ध्यान सरकार बनाउनेतर्फ नरहेको र नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्म जारी राखे आफूहरूलाई पार्टी सुदृढ र संगठित गर्न सजिलो हुने बताए ।

दाहालले अहिलेको गठबन्धनको सरकार भ्रष्टाचारीहरूलाई जोगाउन निर्माण भएको आरोप समेत लगाएका छन् ।

प्रचण्डले आफूले देशलाई बंगलादेश बनाउँछु भनेर कहिल्यै नभएको बताउँदै वर्तमान गठबन्धनले दुइतिहाईको दम्भ र अहंकार देखाए जनताले बंगलादेशको परिस्थिति ल्याउन सक्नेतर्फ सचेत गराएको स्पष्ट पारे ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १२ : २५ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन