बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने « Khabarhub

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन विधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई सम्मान गर्न लागिएको हो ।

बागमती प्रदेशका पूर्व मन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभा हलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यसअघि नेपाली कांग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा कांग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो ।

खनालले भने, ‘पार्टीमा विशिष्ट योगदान पुर्‍याएकाहरूलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेका छौँ ।’

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १ : ०७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित