बुटवलको चर्चित होटलमा कुहिएको मासुबाट बन्दो रहेछ बिरयानी « Khabarhub

बुटवलको चर्चित होटलमा कुहिएको मासुबाट बन्दो रहेछ बिरयानी


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवल उपमहानगरपालिका क्षेत्रकै चर्चितमध्ये एक होटलले खसी र कुखुराको कुहिएको मासुबाट बिरयानी बनाउने गरेको खुलेको छ ।

‘हैदराबादी मट्का बिरयानी एन्ड मट्का लस्सी’ नामबाट चर्चित भएको बुटवलस्थित पुरानो बसर्पाकको उक्त होटलमा कुहिएको मासुबाट बिरयानी बनाउने गरेको प्रमाण अनुगमनका क्रममा भेटिएको हो ।

शुक्रबार गरिएको अनुगमनका क्रममा चार वर्षअघि सञ्चालित उक्त होटमा खान अयोग्य मानिने कुहिएको मासुबाट बिरयानी बनाउने गरेको पाइएको हो ।

बुटवल आसपासमा उक्त ‘हैदराबादी मट्का बिरयानी एन्ड मट्का लस्सी’ होटलले ग्राहकलाई आकर्षित गर्न सफल भएको थियो । यसअघि पनि सरसफाइमा ध्यान नदिएको, फोहोर भाँडामा खानेकुरा दिने गरेको गुनासो आउने गरेको थियो ।

यस पटक पनि एकजना ग्राहकले बिरयानी फोहोर भाँडामा दिएको गुनासो बुटवल उपमहानगरपालिकास्थित अनुगमन शाखा र स्थानीय उपभोक्ता हित संरक्षण मञ्चमा गरेका थिए ।

बुटवल उपमहानगरपालिकाको अनुगमन शाखा र त्यहाँस्थित उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त अनुगमनका क्रममा बिरयानी बनाउन तयारी अवस्थमा राखिएको ६५ किलोग्राम खसी र कुखुराको मासु बरामद गरेको हो ।

ग्राहकले गुनासो गरेपछि ‘हैदराबादी दम बिरयानी’ होटलमा अनुगमन गर्दा ठूलो परिमाणमा कुहिएको मासु र छाला बरामद भएको बुटवल उपमहानगर अनुगमन शाखाका ठगिश्वर पोखरेलले बताएका छन् । उनले बरामद कुहिएको मासु र कुखुराको छाला कानुनअनुसार नष्ट गरिएको बताए ।

कुहिएको मासुबाट बिरयानी बनाउने उक्त होटललाई कारबाही गरिने पनि उनले जानकारी दिएका छन् ।

कानुनले के भन्छ ?

कानुनमा स्पष्टसँग जनस्वास्थ्यामा हानी नगर्ने स्वच्छ, सुरक्षित र स्वस्थ खाद्य पदार्थ व्यवसायीले बेच्नुपर्ने उल्लेख गरिएको छ ।

खाद्य ऐन, २०२० मा कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुर्‍याउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

‘हैदरावाद दम बिरयानी’ले खाद्य ऐन, २०२० मा उल्लिखित प्रावधानको ठाडो उल्लंघन गर्दै ग्राहकलाई कुहिएको मासुमा बनेको बिरयानी दिइरहेको उपमहानगरको अनुगमन शाखाले जनाएको छ।

अनुगमन टोलीले उक्त होटलले सरसफाइमा पनि पटक्कै ध्यान नदिएको भेट्टाएको छ। भाँडा माझ्ने ठाउँ सफा नभएको, माझिएका भाँडा पनि फोहोर नै भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

अनुगमन टोलीका अनुसार उक्त होटलमा भाँडा माझ्ने र मासु सफा गर्ने ठाउँ पनि एकै रहेको पाइएको छ । विभिन्न समस्या देखिएपछि अनुगमन टोलीले होटल सञ्चालकलाई पत्र थमाएको छ । तर उक्त होटललाई के कारबाही हुन्छ भन्ने उपमहानगरले तय गरसकेको छैन।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : १७ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी