१२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य « Khabarhub

१२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक योगेश्वर अमात्यले १२ वर्षपछि नयाँ गीत ‘कुनै दिन’ ल्याएका छन् । दरबारमार्गमा शनिबार साँझ एक कार्यक्रम आयोजना गरी उनले गीत सार्वजनिक गरेका हुन् ।

योगेश्वरले गाएका यो गीतसँग एउटा पुरानो किस्सा जोडिएको छ । सरोज बास्तोलाले रचेको यस गीतलाई वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, त्यस बेला विभिन्न कारणले सार्वजनिक भएको थिएन ।

३० वर्षपछि यो गीतलाई पुनः एरेन्ज गरी योगेश्वरको आवाजमा रेकर्ड गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । कार्यक्रममा अमात्यले यस नयाँ गीतबाट दर्शकहरूसँगको दूरी घट्ने विश्वास व्यक्त गरे ।

भिडियोमा नायक प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेको अभिनय छ भने असिम रानाभाटको विशेष उपस्थिति छ । यस म्युजिक भिडियोका कन्सेप्ट र निर्देशन सुब्रत आचार्यले गरेका हुन्‌ ।

अमात्यका ‘जब सन्ध्या हुन्छ’, ‘लैजा चरी’, ‘सिन्धुली गढी’, ‘म मरे पनि मेरो देश’, ‘मलाई प्यारो लाग्छ’ लगायत गीत लोकप्रिय छन्‌ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ४ : ३८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई