१२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य « Khabarhub

१२ वर्षपछि गायनमा फर्किए योगेश्वर अमात्य


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक योगेश्वर अमात्यले १२ वर्षपछि नयाँ गीत ‘कुनै दिन’ ल्याएका छन् । दरबारमार्गमा शनिबार साँझ एक कार्यक्रम आयोजना गरी उनले गीत सार्वजनिक गरेका हुन् ।

योगेश्वरले गाएका यो गीतसँग एउटा पुरानो किस्सा जोडिएको छ । सरोज बास्तोलाले रचेको यस गीतलाई वि.सं. २०५१ सालमा यसका सङ्गीतकार ओमविक्रम विष्टले आफ्नै आवाजमा रेकर्ड गरेका थिए। तर, त्यस बेला विभिन्न कारणले सार्वजनिक भएको थिएन ।

३० वर्षपछि यो गीतलाई पुनः एरेन्ज गरी योगेश्वरको आवाजमा रेकर्ड गरेर भिडियोसहित सार्वजनिक गरिएको हो । कार्यक्रममा अमात्यले यस नयाँ गीतबाट दर्शकहरूसँगको दूरी घट्ने विश्वास व्यक्त गरे ।

भिडियोमा नायक प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेको अभिनय छ भने असिम रानाभाटको विशेष उपस्थिति छ । यस म्युजिक भिडियोका कन्सेप्ट र निर्देशन सुब्रत आचार्यले गरेका हुन्‌ ।

अमात्यका ‘जब सन्ध्या हुन्छ’, ‘लैजा चरी’, ‘सिन्धुली गढी’, ‘म मरे पनि मेरो देश’, ‘मलाई प्यारो लाग्छ’ लगायत गीत लोकप्रिय छन्‌ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ३८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,