विश्व फिजियो थेरापी दिवस मनाइँदै « Khabarhub

विश्व फिजियो थेरापी दिवस मनाइँदै


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व फिजियो थेरापी दिवस हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन शुरु गरिएको फिजियो थेरापिष्टहरु बताउँछन् । दिवसको यस वर्षको नारा कम ढाड दुखाइ र यसको व्यवस्थापन तथा रोकथाममा फिजियोथेरापीको भूमिका भन्ने राखिएको छ ।

विश्वका विभिन्न देशहरूमा धेरै पहिलेदेखि नै फिजियो थेरापी पद्धतिद्वारा उपचार गर्ने गरिएको भए पनि नेपालमा भने सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतिहरू अनि केही भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मी मार्फत फिजियोथेरापी गरिएको पाइएको छ । त्यसयता नयाँ चिकित्सा पद्धतिका रूपमा केही दशक अगाडी मात्र केही निजी अस्पतालहरूले औपचारिक सुरुवात गरेको पाइन्छ ।

अहिले बिस्तारै फिजियोथेरापीका सेवाग्राही र प्रदायकहरू बढ्दै गएका र विभिन्न रोगहरुमा यो उपचार पद्धति प्रभावकारी भइरहेको वीर अस्पताल फिजियो थेरापी युनिटका प्रमुख डा.विनय कँडेल बताउँछन् ।

अहिले यसको अध्ययन अध्यापन पनि नेपालमै भइरहेको र यसप्रति विद्यार्थीको आकर्षण पनि बढेको डा.कँडेलले बताए ।

कँडेलका अनुसार सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । कतिपयलाई औषधिले काम नगर्दा पनि  फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।

स्वास्थ्य जीवन जिउनका लागि फिजियो थेरापीको महत्त्वपूर्ण भूमिका रहने डा. कँडेलले बताए । बालबालिकादेखि लिएर वृद्धावस्थासम्म चाहिने उपचार हो ।

न्युरोलोजिकल डिसअर्डर, अटिजमलगायत समस्या भएका बच्चामा पनि यो निकै उपयोगी हुने उनले बताए । त्यस्तै युवा, महिला र वृद्धावस्थामा हुने ढाड कम्मर दुख्ने लगायत समस्या भएमा फिजियो थेरापी उपयोगी हुने भएकाले निकै नै प्रभावकारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : ५८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले