कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै | Khabarhub Khabarhub

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पर्वत– नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन् । चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही वर्षदेखि पर्याप्त माटोका भाँडा बनाउने प्रचलन लोप हुँदै गएको छ । मेहनत गरेर माटोका भाँडावर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेसा लोप हुँदै गएको हो ।

सीप र परिश्रम अनुसार ज्याला नउठ्ने, बजारमा प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा माटाका भाँडा बनाउने पेसा हराउँदै गएको कुश्मा नगरपालिका–८ का स्थानीय बुधे कुमालले बताए ।

 विसं २०४२/४३ देखि कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न गाह्रो हुन थालेपछि विकल्पमा अन्य काम गर्न थालिएको उनको भनाइ छ ।

 विकल्प खोजेसँगै माटाका भाँडामा कुमालहरूले भर्ने कलात्मक बुट्टा तथा सिर्जनात्मक सीप लोप हुँदै गएको ९१ वर्षीय बुधेले बताए । जीजुबाजेका पालादेखि माटोका हुण्डा, घैँटो, गलौँसा, आरी, ठेकी, दियो, पाला, भुँड्कालगायत भाँडाकुँडा बनाउँदै आइएकामा पछिल्लो समय पुस्तान्तरण हुन नसक्नु, बजार माग कम हुनुलगायत कारणले पेसा लोप हुँदै गएको उनले उल्लेख गरे ।

उनीहरूको सीप र कला भोलिको पुस्ताले जीवित राख्ने कुरामा शङ्का रहेको बुधेको भनाइ छ । ‘परिश्रम धेरै गर्नुपर्ने हुन्छ, परिश्रम अनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेसा धान्न मुस्किल परेको छ’, भीमबहादुर कुमालले भने ।

माटाका भाँडा बनाउन माँझमेलाबाट ल्याइएको कालो चाम्रो माटो, खरेहा फलामखानीको रातो माटो र कालीगण्डकीबाट ल्याइएको बालुवा मुछेर, कुटेर चाम्रो बनाई थमारेर औँडी बनाइ पोल्ने गरिएको उनले बताए ।

‘औँडीका लागि सुकेका दाउरा, गुइँठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ”, कुश्मा–८ का ८० वर्षीय चन्द्रबहादुर कुमालले भने, ‘अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् । त्यसैले हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा छ ।’

तत्कालीन समयमा कुमालहरूले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेहरूले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडाहरू स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजारमा माग नभएको चन्द्रबहादुरले बताए ।

परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुन थालेपछि पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेका भीमबहादुर कुमालले बताए । नयाँ पुस्तामा सीपको कमी, बजार माग नहुनु, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले पेसा सङ्कटमा पेसा लोप हुँदै गएको उनको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेसासँगै उनीहरूको सीप, कला पनि लोप हुँदै गएको स्थानीय हरि न्यौपानेले बताए । पुराना कला, संस्कृति र पेसाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

पर्वतको सदरमुकाम कुश्मा र दक्षिण पर्वतको विहादी गाउँपालिकाका रानीपानी र बर्राचौरमा कुमाल समुदायको बसोबास रहेको छ । विहादीमा पनि यो पेसा लोप भइसकेको न्यौपानेले जानकारी दिए । पुस्ता हस्तान्तरसँगै युवालाई स्वरोजगार बनाउन स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  २ : १८ बजे

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित   

काठमाडौं– युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक

पोखरा– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार

‘बी’ डिभिजन लिग : च्यासल युथ र वीरगञ्ज युनाइटेडले अंक बाँडे

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजिन लिगमा च्यासल युथ क्लव र