नागरिकले भरोसा गर्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर « Khabarhub

नागरिकले भरोसा गर्ने वातावरण बनाएर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शिता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

हालै सरुवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धीकरण र सुदृढीकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै ऊर्जाशील एवम् सृजनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानव श्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ०९ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना