२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि  « Khabarhub

२५ अंकले घट्यो शेयर बजार, कारोबार १० अर्ब माथि 


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अंकले घटेको छ । आज नेप्से ०.९३ प्रतिशतले घटेर २७०१.९० विन्दुमा पुगेको छ ।

आज प्रि-ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा माथि गएको थियो । आज उच्चतम २७६० विन्दु र न्यूनतम २६९७ विन्दु सम्म नेप्से परिसूचक पुग्यो ।

आज दिनभरमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १ लाख १२ हजार ३०० किनबेच भएको छ ।

आज ३२८ वटा कम्पनीको शेयर कारोबार हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

समूहमा आज सबैभन्दा बढी विकास बैंक समूह घटेको छ । उक्त समूह आज २.०७ प्रतिशतले घटेर ५ हजार ४२३.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त आज १.२१ प्रतिशतले बढेर ५ हजार २७५.५० विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.५८ प्रतिशतले, फाइनान्स १.२४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४१ प्रतिशतले, हाइड्रो ०.६० प्रतिशतले, लगानी ०.५४ प्रतिशतले, जिवन बीमा १.४२ प्रतिशतले, निर्जीवन बीमा १.२८ प्रतिशतले, अन्य समूह १.२८ प्रतिशतले र ट्रेडिङ समूह १.२४ प्रतिशतले घटेको छ ।

साथै, उत्पादन तथा प्रशोधन समूह ०.५० प्रतिशतले र म्युचुअल फण्ड समूह ०.२२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ३ : १७ बजे

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको