सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन « Khabarhub

सकियो ‘घर नम्बर २’ को छायाङ्कन, माघ ११ मा प्रदर्शन


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘के घर के डेरा’ को दोस्रो सिक्वेल ‘घर नम्बर २’ को छायाङ्कन पूरा भएको छ । निर्देशक दीपेन्द्रकुमार खनालले २५ दिनमा छायाङ्कनको काम पूरा भएको जानकारी दिएका हुन् ।

निर्देशक खनालले सार्वजनिक गरेको इन्ड क्ल्याप समारोहको तस्बिरमा फिल्मका शीर्ष कलाकार नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी लगायतलाई देख्न सकिन्छ ।

खनालले छायाङ्कनमा सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन् । यस फिल्मको छायाङ्कन काठमाडौं आसपासकै क्षेत्रमा गरेको बुझिएको छ ।

यो फिल्मको निर्माण पक्ष गत साउन २५ गते छायाङ्कनमा निस्किएको थियो । फिल्ममा आर्यन र उपासनासहित निश्चल बस्नेत, खगेन्द्र लामिछाने र केकी अधिकारी शीर्ष भूमिकामा रहेको बताइएको छ ।

यसअघि नै फिल्मको प्रदर्शन मिति माघ ११ गतेलाई तोकिएको छ । सोसल ड्रामा जनरामा बन्ने यस फिल्मको लेखक बुद्धिसागर हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा बन्ने यस फिल्मका निर्माता शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ हुन् । कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ४ : ३१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि