भारतीय प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकारले गरे ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीका आर्थिक सल्लाहकारले गरे ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक विमोचन भएको छ ।  किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ ।

कलिगं साहित्य महोत्सवमा नेपालका लागि बेलायती राजदुत रब फेन, संस्कृतिविद् डा. जगमान गुरुगं र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले पुस्तक विमोचन गरेका हुन् ।

भूपेन्द्रबहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले नेपाली जनमानसलाई सघाउने विश्वास गरेको बताए सन्यालले ।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेसनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शक्तिशाली रूपमा देखा परेको छ ।

जनवरी २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक फोरमको एक रिर्पोटअनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो। २०२२–२०२३ मा ७।२५ को आर्थिक वृद्धि गरेर भारत जी २० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो।

पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ। विश्वव्यापी रूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ।

सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चारपटक नेपाल भ्रमणमा आएका छन्। पहिलो पटक सन् २०१४ को अगस्ट । दोस्रो, २०१४ को सार्क बैठक । तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा। नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सयभन्दा बढी यात्रा गरेका छन्। ‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए।

नेपाल र भारतको प्राग ऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आमनेपालीलाई समेत थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो।’ इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : २३ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक