ललितपुरको सडकमा मध्यदिनमै आईफोनदेखि सिक्रीसम्म लुटियो, तीनजना पक्राउ « Khabarhub

ललितपुरको सडकमा मध्यदिनमै आईफोनदेखि सिक्रीसम्म लुटियो, तीनजना पक्राउ


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर उपमहानगरपालिकाभित्रै गत साउन २९ गते मध्य दिनमै लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर उपमहानगरपालिका-१४ स्थित सातदोबाटो कृषि अनुसन्धान केन्द्रनजिकको सडकमा साउन २९ गते एक व्यक्तिबाट लुटपाटमा संलग्न चारजनालाई शुक्रबार पक्राउ गरेको हो ।

यो समूहले साउन २९ गते दिउँसो साढे १२ बजे एक व्यक्तिबाट आईफोन १५ दुई थान, सामसुङ कम्पनीको मोबाइल सेट थान-२, एप्पल कम्पनीको ल्यापटप एक थान, गेम बक्स १ थान र २ तोला दरको सुनको सिक्री दुईवटा लुटपाट गरेका थिए ।

उक्त लुटपाटमा संलग्न भएका प्रकाश भन्ने विकास श्रेष्ठसमेतलाई डाँका चोरीमा प्रयोग भएको मोटरसाइकलसहित काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरू सबैलाई थप कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो पठाइएको कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ कपन बस्ने शैलेन्द्र श्रेष्ठको छोरा ३३ वर्षीय प्रकाश भन्ने विकास श्रेष्ठ छन् ।

त्यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने झपडबहादुर भुजेलका छोरा २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल पनि पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न बाजुराको त्रिवेणी नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिकाको बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय पनि पक्राउ परेका छन् । उक्त घटनामा संलग्न अर्का एकजना भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा प्रयोग भएको बा ६९ प २८४७ नम्बरको २२० सीसीको कालोरातो रंगको पल्सर मोटरसाइकल  र बा ७५ प ६३१९ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : ३९ बजे

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको