ललितपुरको सडकमा मध्यदिनमै आईफोनदेखि सिक्रीसम्म लुटियो, तीनजना पक्राउ « Khabarhub

ललितपुरको सडकमा मध्यदिनमै आईफोनदेखि सिक्रीसम्म लुटियो, तीनजना पक्राउ


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर उपमहानगरपालिकाभित्रै गत साउन २९ गते मध्य दिनमै लुटपाटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर उपमहानगरपालिका-१४ स्थित सातदोबाटो कृषि अनुसन्धान केन्द्रनजिकको सडकमा साउन २९ गते एक व्यक्तिबाट लुटपाटमा संलग्न चारजनालाई शुक्रबार पक्राउ गरेको हो ।

यो समूहले साउन २९ गते दिउँसो साढे १२ बजे एक व्यक्तिबाट आईफोन १५ दुई थान, सामसुङ कम्पनीको मोबाइल सेट थान-२, एप्पल कम्पनीको ल्यापटप एक थान, गेम बक्स १ थान र २ तोला दरको सुनको सिक्री दुईवटा लुटपाट गरेका थिए ।

उक्त लुटपाटमा संलग्न भएका प्रकाश भन्ने विकास श्रेष्ठसमेतलाई डाँका चोरीमा प्रयोग भएको मोटरसाइकलसहित काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरू सबैलाई थप कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो पठाइएको कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ कपन बस्ने शैलेन्द्र श्रेष्ठको छोरा ३३ वर्षीय प्रकाश भन्ने विकास श्रेष्ठ छन् ।

त्यसैगरी रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने झपडबहादुर भुजेलका छोरा २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल पनि पक्राउ परेका छन् ।

उक्त घटनामा संलग्न बाजुराको त्रिवेणी नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिकाको बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय पनि पक्राउ परेका छन् । उक्त घटनामा संलग्न अर्का एकजना भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा प्रयोग भएको बा ६९ प २८४७ नम्बरको २२० सीसीको कालोरातो रंगको पल्सर मोटरसाइकल  र बा ७५ प ६३१९ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल पनि बरामद गरेको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ५ : ३९ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान