हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी « Khabarhub

हवाई दुर्घटना छानबिनका लागि अर्को उच्चस्तरीय समिति बनाउने तयारी

मन्त्री पाण्डे भन्छन्- उड्ययन क्षेत्र विश्वासनीय बनाउनुको विकल्प छैन


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन् ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएहरूको ४५ औँ पुण्य तिथीमा ‘म्याप मेमोरियल सोसाइटी’ले आइतबार भक्तपुरमा गरेको ‘के नेपालको आकाश सुरक्षित छ ?’ बिषयक अन्तक्रिया कार्यक्रममा मन्त्री पाण्डेले अर्को उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जानकारी दिएका हुन् ।

नेपालको हवाई दुर्घटनापछिको प्रतिवेदनलाई एकीकृत गरि अध्ययन र नागरिक उड्ययन क्षेत्रलाई विश्वासनीय बनाउन उच्चस्तरीय अध्ययन समिति गठनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भइरहको उनले बताए ।

मन्त्री पाण्डेले नियमनकारी निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा नागरिक उड्ययन क्षेत्रमा समस्या र गुनासा आएकाले दुई निकायलाई छुट्याउने गरि विधेयक तयार भएको बताए । उनले यो विधेयक चाँडै मन्त्रिपरिषद्‍बाट अघि बढ्ने पनि बताए ।

हवाई क्षेत्रका बीमा लगायत विभिन्न ऐन समयानुकुल अघि बढाइने उनले जानकारी दिए । गैरसैनिक हवाई ऐन निकै पुरानो भएकाले परिमार्जन गर्ने गरि मन्त्रालयले तयारी गरेको उनको भनाइ छ ।

मन्त्री पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि गठित समितिले छानबिन गरिरहेको बताउँदै सरकारले हस्तक्षेप नगर्ने जिकिर गरे ।

छानबिन समितिले उचित निष्कर्ष निकालेर दिने प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बचन पनि मन्त्री पाण्डेले दिएका छन्।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ५ : ५४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर