यस्ता छन् आज सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी  « Khabarhub

यस्ता छन् आज सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी 


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भयो ।

यस्ता छन् आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज ३ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । ३ वटा कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

आज महुली लघुवित्त, श्रीजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर ९.९५ प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स ८ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी थ्रि स्टिार हइड्रो घट्यो

आइतबार सबैभन्दा बढी थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ । थ्रि स्टार हाइड्रोको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो । थ्रि स्टार हाइड्रोको शेयर प्रतिकित्ता ११२ रुपैयाँ ५० पैसाले घटेर १ हजार १२ रुपैयाँ ५० पैसामा झरेको छ ।

त्यस्तै कुमनरी इक्वीटी फण्ड ९.०७ प्रतिशतले घटेर ९ रुपैयाँमा आएको छ भने गुडविल फाइनान्स ६.०५ प्रतिशतले घटेर १ हजार १५६ रुपैयाँमा आएको छ ।

साथै, डोटी पावर कम्पनी ४.५४ प्रतिशतले घटेर ६०६ रुपैयाँ १० पैसामा आएको छ भने मात्रिभुमि लघुवित्तको वित्तीय संस्थाको शेयर ४.४५ प्रतिशतले घटेर १ हजार ५०० रुपैयाँमा आएको छ ।

सिएचडिसि हाइड्रोको बढी रुपैयाँको कारोबार

आइतबार सिएचडिसि हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । सिएचडिसि हाइड्रोको ४२ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सिएचडिसि हाइड्रोको शेयर मूल्य ५.८२ प्रतिशतले बढेर १ हजार ९६३ रुपैयाँ पुगेको छ । आइतबार उक्त कम्पनीको २ लाख १६ हजार २५२ कित्ता शेयर किनबेच भएको छ ।

सिएचडिसि हाइड्रोको ९३ लाख १७ हजार ४५१ कित्ता शेयर नेप्सेमा सूचिकृत रहेको छ । जसमा ३० प्रतिशत शेयर सर्वसाधरणको छ भने ७० प्रतिशत शेयर प्रवर्धकको रहेको छ ।

हाइड्रोपावर लगानी कम्पनीको बढी कित्ता कारोबार

आइतबार सबैभन्दा बढी कित्ता कारोबार हाइड्रोपावर लगानी कम्पनीको प्रवर्धकको शेयर किनबेच भएको छ । उक्त कम्पनी प्रवर्धक शेयर २२ लाख २३ हजार ४७४ कित्ता शेयर किनबेच भयो ।

यति धेरै कित्ता शेयर कारोबार हुँदा समेत उक्त कम्पनीको प्रवर्धक शेयर मूल्य भने प्रतिकित्ता २.४८ प्रतिशतले घटेर १६० रुपैयाँ ९० पैसामा आएको छ ।

सबैभन्दा बढी पटक कारोबार हिमालयन रि–इन्स्योरेन्सको

आइतबार हिमालयन रि–इन्स्योरेन्सको शेयर सबैभन्दा बढी पटक खरिद विक्री भएको छ ।
आइतबार हिमालयन रि–इन्स्योरेन्सको शेयर २ हजार ६०१ पटक २ लाख ४१ हजार ८५९ कित्ता शेयर खरिद–बिक्री भएर सबैभन्दा बढी खरिद विक्री हुने रेकर्ड बनाएको हो ।

हिमालयन रि–इन्स्योरेन्सको शेयर धेरै पटक खरिद विक्री हुँदा पनि प्रतिशेयर मूल्य भने २.१३ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयर आइतबार १८ रुपैयाँले घटेर ८२७ रुपैयाँमा पुगेको छ ।

हिमालयन रि–इन्स्योरेन्सको १० करोड ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत रहेको छ । जसमा ३० प्रतिशत शेयर सर्वसाधरणको रहेको छ भने ७० प्रतिशत शेयर प्रवर्धकको रहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ४९ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार