जुनियरलाई नेतृत्व दिइएपछि संगिना वैद्यको राजीनामा « Khabarhub

जुनियरलाई नेतृत्व दिइएपछि संगिना वैद्यको राजीनामा


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप-निर्देशक पदबाट राजीनामा दिएकी छन् ।

दुई वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा आफूभन्दा जुनियरलाई गरिएको बढुवाप्रति असन्तुष्टि‌ जनाउँदै आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएकी हुन् ।

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएका थिए । त्यसपछि रिक्त पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई बढुवा गरिएको छ ।

निर्देशकको पद रिक्त भएपछि उप‌-निर्देशकहरूमध्येबाट निर्देशक बनाउने परम्परा थियो । हाल उप-निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह मात्रै छन् ।

‘यो परम्पराविपरीत फरक अभ्यास भयो । उप-निर्देशकबाट निर्देशक‌ बनाउनु जति स्वभाविक हुन्थ्यो, त्यसभन्दा फरक अभ्यास भयो, चित्त बुझाउन सकिएन,’ उनले भनिन्, ‘अब काम गर्ने वातावरण रहेन । अपमानित महसुस भएर पदमा बसिरहनु उचित नलागेपछि उप-निर्देशक पदबाट राजीनामा दिएँ ।’

तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलाले जिम्मेवारी पाएका छैनन् । राखेपमा प्रसाईंले पहिले जागिर थाले पनि वैद्य अधिकृत थिइन्।

वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी हुन् । २०६३ पुस २१ मा उनी बढुवा भइन् । प्रसाईको‌ बढुवा २०६४ पुस २७ मा भयो । प्रसाईं २०५० असोज ८ गते तीन महिने करारमा सहायक प्रशिक्षक बनेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५० बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी