जुनियरलाई नेतृत्व दिइएपछि संगिना वैद्यको राजीनामा | Khabarhub Khabarhub

जुनियरलाई नेतृत्व दिइएपछि संगिना वैद्यको राजीनामा


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को‌ तालिम तथा प्रशिक्षण विभागको‌ उप-निर्देशक पदबाट राजीनामा दिएकी छन् ।

दुई वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा आफूभन्दा जुनियरलाई गरिएको बढुवाप्रति असन्तुष्टि‌ जनाउँदै आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएकी हुन् ।

तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ गते अनिवार्य अवकाश पाएका थिए । त्यसपछि रिक्त पदमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई बढुवा गरिएको छ ।

निर्देशकको पद रिक्त भएपछि उप‌-निर्देशकहरूमध्येबाट निर्देशक बनाउने परम्परा थियो । हाल उप-निर्देशकमा वैद्य र अर्का ओलम्पियन विष्णुबहादुर सिंह मात्रै छन् ।

‘यो परम्पराविपरीत फरक अभ्यास भयो । उप-निर्देशकबाट निर्देशक‌ बनाउनु जति स्वभाविक हुन्थ्यो, त्यसभन्दा फरक अभ्यास भयो, चित्त बुझाउन सकिएन,’ उनले भनिन्, ‘अब काम गर्ने वातावरण रहेन । अपमानित महसुस भएर पदमा बसिरहनु उचित नलागेपछि उप-निर्देशक पदबाट राजीनामा दिएँ ।’

तालिम तथा प्रशिक्षण विभागमा अहिलेसम्म महिलाले जिम्मेवारी पाएका छैनन् । राखेपमा प्रसाईंले पहिले जागिर थाले पनि वैद्य अधिकृत थिइन्।

वैद्य २०५२ भदौ ३० गते राखेपको सेवामा प्रवेश गरकी हुन् । २०६३ पुस २१ मा उनी बढुवा भइन् । प्रसाईको‌ बढुवा २०६४ पुस २७ मा भयो । प्रसाईं २०५० असोज ८ गते तीन महिने करारमा सहायक प्रशिक्षक बनेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग