शरीरमा पानीको कमी भए के हुन्छ ? दैनिक कति लिटर पिउने ? « Khabarhub

शरीरमा पानीको कमी भए के हुन्छ ? दैनिक कति लिटर पिउने ?


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

यदि शरीरमा पर्याप्त तरल पदार्थ भए मूत्र नली स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ । तर पानी कम भएमा पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा जम्छन् र यहि पत्थरीका रुपमा देखा पर्दछ ।

शरीरमा पानीको आपूर्ती गर्न पानी पिउनुका अलावा पानीयुक्त खानेकुरा, फलफूल जस्तै तरबुजा, कांक्रा, सागपात, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे पनि शरीरमा पानीको कमी हुदैन ।

शरीरमा पर्याप्त मात्रामा पानी भए पाचन प्रणालीले राम्ररी काम गर्दछ, कब्जियत हुदैँन । शरीमा पानीको कमी भए माइग्रेनको दुखाइ हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय पनि लम्बिन सक्छ । तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी भने पिउनु हुदैँन । एजेनसीको सहयोगमा

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन