भारतको नाट्य ओलम्पियाडमा नेपाली नाटक प्रदर्शन हुने « Khabarhub

भारतको नाट्य ओलम्पियाडमा नेपाली नाटक प्रदर्शन हुने


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – भारतको उडिसा राज्यमा आगामी भदौ २७ देखि असोज १ गतेसम्म आयोजना हुन लागेको ३२ औ इन्डियन थिएटर ओलम्पियाड तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाली नाटक ‘त्यो फेरि फर्कला ?’ प्रदर्शन गरिने भएको छ ।

झापाको काँकडभिट्टामा रहेर रङ्गमञ्चीय गतिविधिमा सक्रिय परिवर्तन थिएटरले तयार पारेको भवानी भिक्षु द्धारा लिखित नाटक आगामी भदौ २७ गते उडिसाको धार्मिक सहर पुरीमा प्रदर्शन गरिने छ ।

उत्कल युवा सांस्कृति संघ उडिसाले आयोजना गरेको नाट्य महोत्सवमा भारतका विभिन्न राज्यका दर्जन वढी नाटक प्रदर्शन गरिने छ । जसमा नेपाली नाटक भने एक मात्रै हो ।

महोत्सवमा सहभागी वन्न परिवर्तन थिएटर झापाको टोली आइतवार साझ त्यसतर्फ प्रस्थान गरेको छ । निर्देशक कविता नेपालको नेतृत्वमा लोमश पौडेल, गणेश वस्नेत, गगन क्षेत्री, झरना खनाल, दीक्षा मरासिनी, भूमिका न्यौपाने, भावना न्यौपाने र हिलारी पोर्तेल उडिसा प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : ४१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर