भारतको नाट्य ओलम्पियाडमा नेपाली नाटक प्रदर्शन हुने « Khabarhub

भारतको नाट्य ओलम्पियाडमा नेपाली नाटक प्रदर्शन हुने


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – भारतको उडिसा राज्यमा आगामी भदौ २७ देखि असोज १ गतेसम्म आयोजना हुन लागेको ३२ औ इन्डियन थिएटर ओलम्पियाड तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाली नाटक ‘त्यो फेरि फर्कला ?’ प्रदर्शन गरिने भएको छ ।

झापाको काँकडभिट्टामा रहेर रङ्गमञ्चीय गतिविधिमा सक्रिय परिवर्तन थिएटरले तयार पारेको भवानी भिक्षु द्धारा लिखित नाटक आगामी भदौ २७ गते उडिसाको धार्मिक सहर पुरीमा प्रदर्शन गरिने छ ।

उत्कल युवा सांस्कृति संघ उडिसाले आयोजना गरेको नाट्य महोत्सवमा भारतका विभिन्न राज्यका दर्जन वढी नाटक प्रदर्शन गरिने छ । जसमा नेपाली नाटक भने एक मात्रै हो ।

महोत्सवमा सहभागी वन्न परिवर्तन थिएटर झापाको टोली आइतवार साझ त्यसतर्फ प्रस्थान गरेको छ । निर्देशक कविता नेपालको नेतृत्वमा लोमश पौडेल, गणेश वस्नेत, गगन क्षेत्री, झरना खनाल, दीक्षा मरासिनी, भूमिका न्यौपाने, भावना न्यौपाने र हिलारी पोर्तेल उडिसा प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  ९ : ४१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको