जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा « Khabarhub

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको नेतृत्वकर्ता भारतीय जनता पार्टी (भाजपा) पराजित भएको छ । जम्मू कश्मीर नेशनल कन्फ्रेन्स र कांग्रेस सम्मिलित गठबन्धनलाई बहुमत मिलेको हो ।

कूल ९० सिटका लागि भएको चुनावमा नेशनल कन्फ्रेन्सले ४२ र कांग्रेसले ६ सिटमा जीत निकालेको हो । सरकार गठनका लागि ४६ मत आवश्यक पर्नेमा गठबन्धनले ४८ सिट जितेको हो । भाजपाले भने २९ सिटमा जित हासिल गरेको छ ।

जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव भएको हो । यसअघि त्यहाँ भाजपा र पीडीपी मिलेर सरकार बनाएका थिए । सो सरकारमा महबूबा मुफ्ती मुख्यमन्त्री बनेकी थिइन्‌ ।

तर सो गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएको थिएन । सन् २०१९ अगष्ट ५ मा भाजपा नेतृत्वको सरकारले भारतीय संविधानको अनुच्छेद हटाउँदै जम्मू कश्मीरको विशेष राज्यको दर्जा हटाएको थियो । लगत्तै त्यहाँ केन्द्रीय शासन लागू गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ९ : १७ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी