लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी | Khabarhub Khabarhub

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट जोगिन लेबनानमा बढ्दो द्वन्द्वलाई तत्काल रोक्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का लागि लेबनानको निर्देशक म्याथ्यू होलिङ्गवर्थले लेबनान कार्यालयको जिम्मेवारी लिनुअघि गाजामा डब्लुएफपीको सञ्चालनको समन्वय गर्न छ महिना काम गरेको बताए ।

“म उठेदेखि सुत्ने बेलासम्म मेरो दिमागमा हामी पनि यस्तै विनाशको चक्रमा पुग्न सक्छौं भन्ने कुरा चलिरहेको छ । हामीले त्यसो हुन दिनुहुँदैन,” उनले बताए ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा भएको इजरायली हमलामा ४१ हजार ९०० जना भन्दा बढी मानिसको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश आमनागरिक रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानमा भएको इजरायली बमबारीले दुई हप्ताभन्दा कम अवधिमा एक हजार १०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने १० लाखभन्दा बढी विस्थापित भएका छन् ।

संयुक्त राष्ट्र अधिकार कार्यालय अधिकारी जेरेमी लरेन्सले भने, “हामीले गाजामा देखेका विनाशका ढाँचाहरू लेबनानमा देखिरहेका छौं । गाजामा जस्तै विनाश लेबनानका मानिसहरूका लागि विश्वास बाहिर छ । हामी यसलाई फेरि हुन दिन सक्दैनौं ।”

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ५९ बजे

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : शेखर कोइराला 

घनगढी – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली

एनपीएल : दीपेन्द्रले जिते कार, ललितलाई बाइक 

काठमाडौं– नेपाल प्रिमियर लिगको यस संस्करणको उत्कृष्ट खेलाडी बनेका दीपेन्द्रसिंह

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम

 ‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’

तुलसीपुर – केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको