दैलेखमा गाडी दुर्घटना, एक यात्रुको निधन | Khabarhub Khabarhub

दैलेखमा गाडी दुर्घटना, एक यात्रुको निधन


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दैलेख – चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । निधन हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते भएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ४५ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि