युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस « Khabarhub

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव पारेको छ। ५ नोभेम्बरमा हुने निर्वाचनमा मतदाताका लागि राष्ट्रपति उम्मेदवार डेमोक्र्याटकी कमला ह्यारिस र रिपब्लिकका डोनाल्ड ट्रम्पको यस निर्वाचनमा बारे व्यक्त गर्ने धारणा महत्त्वपूर्ण मानिएको छ।

सिबिसी न्युज च्यानलमा उपराष्ट्रपति कमला ह्यारिसले दिएको अन्तरवार्तामा उनले संयुक्त राष्ट्र सङ्घ र युक्रेनको असहमतिमा युद्धविराम हुन नसक्ने बताएकी छन्।

उनले भनिन्, ‘युक्रेनको चासो बिना र संयुक्त राष्ट्र सङ्घको चार्टरको अनुसरण बिना त्यहाँ युद्धविराम सम्भव नै छैन। युक्रेनको अनुपस्थितिमा दुई पक्षको निर्णय गर्न मिल्दैन। किनकी युक्रेनको भविष्यको निर्णय गर्ने अधिकार युक्रेनको मात्र हो।’

ह्यारिसले युक्रेनेको नाटोमा उपस्थितिको विषयमा अहिले नै सबै निश्चित रूपमा भन्न नमिल्ने तर सम्भावना कायम रहेको बताइन्।

ह्यारिसले अमेरिकामा आप्रवासीको समस्या बढ्नुको मूल कारण डोनाल्ड ट्रम्पको सीमा सम्बन्धी विधेयक पास गर्न नदिएर अथवा रिपब्लिक पार्टीको अवरोधको कारण अमेरिकामा आप्रवासी समस्या बढेको बताएकी छिन्।

अहिले अमेरिकामा बढेको बेरोजगारीको मूल कारण उनले बाइडेन प्रशासनको कमजोरीका कारण नभई अहिले बढेको मूल्य वृद्धिको कारण भएको बताएको छिन्।

मध्यपूर्वमा जारी युद्धको विषयमा बोल्दै उनले इजरायलले आफ्नो भूमिको रक्षा गर्न पाउने अधिकार रहेको भन्दै मारिएका निर्दोष प्यालेस्टाइनीप्रति दुःख व्यक्त गरेकी छिन्। ‘युद्धविराम अनिवार्य भइरहेको छ। तर, इजरायले आफ्नो भूमिको रक्षा गर्न पाउनुपर्छ,’ ह्यारिसले भनिन्।

अमेरिकाले दुई पटक गरेको युद्धविरामको प्रस्तावलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : १४ बजे

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय