तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ? « Khabarhub

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबारको तुलनामा मंगलबार केहीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ ।

समितिले आजका लागि निर्धारण गरेको तरकारीको मूल्यमा सबैभन्दा सस्तो स्कुस र सेतो लोकल मुला रहेको छ । जसको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

यस्तै, समितिले ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकेको छ । यो मूल्य हिजोको तुलनामा पाँच रुपैयाँ बढी हो । सानो लोकल गोलभेडा हिजो ७० रुपैयाँमा किनबेच भएको थियो भने आज ९५ रुपैयाँ कायम भएको छ । यसैगरी सानो गोलभेडा (टनेल) १०४ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ५९, आलु रातो (मुडे) ७९ रुपैयाँ, प्याज सुकेको ११५, गाजर (लोकल) १५५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ४५, बन्दा (तराई) ३५, काउली स्थानीय ९५, मुला रातो ५५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार लाम्चो भान्टा ८५, डल्लो भान्टा ८५, तने बोडी १३३, मकै बोडी ८५, मटरकोशा २६६, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, टाटे सिमी ९५, भटमास कोसा ६५, तितो करेला ९५, लौका ७५, लोकल परवर ९५, चिचिण्डो ६५, घिरौँला ११०, पाकेको फसी ४५, हरियो फर्सी ५५, सलगम ८५, भिण्डी ७५, बरेला १४५, पिँडालू ६५, स्कुस २५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ १९६, डल्ले च्याउ ३३३, राजा च्याउ २९०, कुरीलो ६५०, न्यूरो ८५, रातो बन्दा १२६, ब्रोकाउली १७०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, पालुङ्गो साग १४५, तोरीको साग ६५, हरियो प्याज १९०, चुकुन्दर ९५, पुदिना ७६०, तामा ९५, गुन्द्रुक २७६, हरियो धनियाँ १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर प्रतिगोटा २२३, काँक्रो (लोकल) ११०, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २४०, अदुवा १९०, भेडे खुर्सानी १९०, सुकेको खुर्सानी ४४३, हरियो खुर्सानी १३५ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : २६ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु