तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ? | Khabarhub Khabarhub

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार सोमबारको तुलनामा मंगलबार केहीको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ ।

समितिले आजका लागि निर्धारण गरेको तरकारीको मूल्यमा सबैभन्दा सस्तो स्कुस र सेतो लोकल मुला रहेको छ । जसको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।

यस्तै, समितिले ठूलो गोलभेडाको औसत मूल्य १४५ रुपैयाँ तोकेको छ । यो मूल्य हिजोको तुलनामा पाँच रुपैयाँ बढी हो । सानो लोकल गोलभेडा हिजो ७० रुपैयाँमा किनबेच भएको थियो भने आज ९५ रुपैयाँ कायम भएको छ । यसैगरी सानो गोलभेडा (टनेल) १०४ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, रातो आलु ८२, रातो आलु (भारतीय) ५९, आलु रातो (मुडे) ७९ रुपैयाँ, प्याज सुकेको ११५, गाजर (लोकल) १५५, गाजर (तराई) ११०, बन्दा (स्थानीय) ४५, बन्दा (तराई) ३५, काउली स्थानीय ९५, मुला रातो ५५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

समितिका अनुसार लाम्चो भान्टा ८५, डल्लो भान्टा ८५, तने बोडी १३३, मकै बोडी ८५, मटरकोशा २६६, लोकल घिउ सिमी ९५, हाइब्रीड घिउ सिमी ९५, टाटे सिमी ९५, भटमास कोसा ६५, तितो करेला ९५, लौका ७५, लोकल परवर ९५, चिचिण्डो ६५, घिरौँला ११०, पाकेको फसी ४५, हरियो फर्सी ५५, सलगम ८५, भिण्डी ७५, बरेला १४५, पिँडालू ६५, स्कुस २५ रुपैयाँ प्रतिकेजीमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ १९६, डल्ले च्याउ ३३३, राजा च्याउ २९०, कुरीलो ६५०, न्यूरो ८५, रातो बन्दा १२६, ब्रोकाउली १७०, गान्टे मूला ८५ रुपैयाँ मूल्य कायम भएको छ ।

समितिले रायोको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, पालुङ्गो साग १४५, तोरीको साग ६५, हरियो प्याज १९०, चुकुन्दर ९५, पुदिना ७६०, तामा ९५, गुन्द्रुक २७६, हरियो धनियाँ १७६ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, फूजी स्याउ ३१०, केरा दर्जनको १४५, अनार ३४०, भुइँ कटहर प्रतिगोटा २२३, काँक्रो (लोकल) ११०, काँक्रो (हाइब्रीड) ४५, मेवा (नेपाली) ४५, मेवा भारतीय ९५, अम्बा ५५, किबी ३४०, एभोकाडो २२६ रुपैयाँ मूल्य कायम गरिएको छ ।

रहु माछा ३४५, बचुवा माछा २४५, छडी माछा २४०, अदुवा १९०, भेडे खुर्सानी १९०, सुकेको खुर्सानी ४४३, हरियो खुर्सानी १३५ रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : २६ बजे

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नगर्ने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने

चाडबाडमा जुठो, सुतक : कति पुस्तासम्म बार्नुपर्छ ?

चाडपर्व, पूजाआजा, विहेबारीका मांगालिक कामको तामझाम चलिरहँदा झ्वाट्ट कतैबाट जुठो,