मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै « Khabarhub

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्ची सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा मेलम्चीको पानी काठमाडौं पठाउने सहमति भएको हो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दशैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।

छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूले देखाएको सकारात्मक सहयोग र सहकार्यप्रति मन्त्री यादवले आभार व्यक्त गरेका थिए ।

मन्त्री यादवले स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ३३ बजे

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे