भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता  | Khabarhub Khabarhub

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती अग्रता लिएको छ । अक्टोबर ५ मा भएको विधान सभा निर्वाचनको आज मतगणना भइरहेको छ ।

९० सिट रहेको हरियाणा विधान सभामा अहिलेसम्म प्राप्त प्रारम्भिक नतिजा अनुसार कांग्रेस ४८ सिटमा अगाडि देखिएको छ भने भारतीय जनता पार्टी १६ सिटमा अगाडि रहेको छ । त्यस्तै अन्य ४ सिटमा अगाडि रहेका छन् ।

यसअघि सन् २०१९ मा हरियाणामा बिजेपीले ४० सिट जितेको थियो भने कांग्रेसले ३१, जननायक जनता पार्टीले १० तथा स्वतन्त्रले ७ सिट जितेका थिए ।

त्यस्तै जम्मु कश्मिरमा जेकेएनसीले २७ सिटमा अग्रता हासिल गरेको छ भने भारतीय जनता पार्टी १७ सिटमा अगाडि रहेको छ । त्यस्तै पिडिपी एक र अन्य ३ सिटमा अगाडि रहेका छन् ।

९० सिट रहेको जम्मु कश्मिर विधान सभाको सेप्टेम्बर १८ र अक्टोबर १ मा मतदान भएको थियो । जम्मु कश्मिरमा १० वर्षपछि विधान सभा निर्वाचन भएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : २९ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन