फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज « Khabarhub

फिल्म ‘जारी’ ले बीस घण्टा नपुग्दै कटायो १० लाख बढी भ्युज


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले युट्युबमा सार्वजनिक भएको २० घण्टा नबित्दै १० लाख भ्युज कटाएको छ ।

सोमबार साँझ युट्युबबाट सार्वजनिक गरिएको यस फिल्मले १९ घण्टामा १२ लाख बढी भ्युज पाएको छ ।

विसं २०८० को नयाँ वर्ष लक्षितगरी प्रदर्शनमा आएको यस फिल्म सुपरहिट साबित भएको थियो । यो फिल्मले १६ करोड बढी ग्रस कलेक्सन गरेको थियो । ‘जारी’ घरेलु बजारमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने नेपाली फिल्म हो ।

युट्युबमा सार्वजनिक भएपछि यो फिल्मको पुनः चर्चा चुलिएको छ । उपेन्द्र सुब्बाको निर्देशन र लेखन क्षमताको प्रशंसा भइरहेको छ । त्यस्तै, फिल्ममा केन्द्रीय भूमिकामा रहेकी नायिका मिरुना मगर अभिनयले पनि तारिफ पाएको छ ।

लिम्बू समुदायको कथामा आधारित कथामा बनेको यस फिल्ममा दयाहाङ राई, मिरुना, विजय बराल मुख्य भूमिकामा छन् । फिल्ममा पुस्कर गुरुङ, प्रेम सुब्बा, रेखा सुब्बा, रोयदीप श्रेष्ठलगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको