बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो « Khabarhub

बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हिन्दुहरूको महान पर्व बडादसैँको अवसरमा बागलुङका शक्तिपीठहरुमा पुजा गर्ने भक्तजनहरूको उपस्थिति बाक्लो छ । 

बागलुङको कालिका भगवती मन्दिर, भैरवस्थान, गल्कोटको कोट मन्दिर, जैमिनीको भगवती मन्दिर, निसीकोट लगाएका शक्तिपीठहरूमा पुजा गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। नवदुर्गा सुरु भएसँगै शक्तिपीठहरूमा पुजा गर्नकै लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । 

विशेषगरि कालिका भगवती मन्दिरमा पुजा गर्ने भक्तजनहरूको उपस्थिति उल्लेखनीय हुने गरेको छ । मनले चिताएको पुग्ने र दशैँ मनाउन घर आउने क्रममा बागलुङ प्रवेशद्धारा भएकै कारण पनि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन । 

बागलुङ कालिका मन्दिर हिन्दुहरूको आस्था र विश्वासको प्रतिकसँगै बागलुङको सम्पदा रुपमा परिचित मन्दिरमा पुजा गर्न देशका बिभिन्न स्थानबाट आउने गरेका गरेका छन ।

चाडपर्वसँग बडादसैँको अवसरमा मन्दिरमा पुजा गर्न आउने भक्तजनको चहलपहल बढिरहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

कालिका मन्दिरमा पुजा गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । मन्दिरमा चैत्राष्टमीमा मेलासँगै पुजा हुने गरेको भएपनि बडादशैंमा विशेष नवदुर्गाको आराधना हुने गरेको छ । पुजा गर्न बागलुङ, पर्वत, म्याग्दी, कास्की चितवन, पाल्पालगाएका जिल्लाबाट आउने गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : २२ बजे

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन