बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो « Khabarhub

बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दुहरूको महान पर्व बडादसैँको अवसरमा बागलुङका शक्तिपीठहरुमा पुजा गर्ने भक्तजनहरूको उपस्थिति बाक्लो छ । 

बागलुङको कालिका भगवती मन्दिर, भैरवस्थान, गल्कोटको कोट मन्दिर, जैमिनीको भगवती मन्दिर, निसीकोट लगाएका शक्तिपीठहरूमा पुजा गर्ने भक्तजनहरूको घुइँचो लागेको छ। नवदुर्गा सुरु भएसँगै शक्तिपीठहरूमा पुजा गर्नकै लागि देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । 

विशेषगरि कालिका भगवती मन्दिरमा पुजा गर्ने भक्तजनहरूको उपस्थिति उल्लेखनीय हुने गरेको छ । मनले चिताएको पुग्ने र दशैँ मनाउन घर आउने क्रममा बागलुङ प्रवेशद्धारा भएकै कारण पनि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन । 

बागलुङ कालिका मन्दिर हिन्दुहरूको आस्था र विश्वासको प्रतिकसँगै बागलुङको सम्पदा रुपमा परिचित मन्दिरमा पुजा गर्न देशका बिभिन्न स्थानबाट आउने गरेका गरेका छन ।

चाडपर्वसँग बडादसैँको अवसरमा मन्दिरमा पुजा गर्न आउने भक्तजनको चहलपहल बढिरहेको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

कालिका मन्दिरमा पुजा गर्दा मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । मन्दिरमा चैत्राष्टमीमा मेलासँगै पुजा हुने गरेको भएपनि बडादशैंमा विशेष नवदुर्गाको आराधना हुने गरेको छ । पुजा गर्न बागलुङ, पर्वत, म्याग्दी, कास्की चितवन, पाल्पालगाएका जिल्लाबाट आउने गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १ : २२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल