बुद्धिको दाबी : ‘ज्वाइँ साब’का दर्शक निराश हुनुपर्दैन « Khabarhub

बुद्धिको दाबी : ‘ज्वाइँ साब’का दर्शक निराश हुनुपर्दैन


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार बुद्धि तामाङको अभिनय रहेको फिल्म ‘ज्याइँ साब’ असोज २४ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउँदैछ । आफू सो फिल्मका केन्द्रीय पात्र जितु नेपाल ‘ज्वाइँ साब’को निकट पात्रको भूमिकामा रहेको उनी बताउँछन् ।

फिल्ममा आफूले ‘भगवान तामाङ’ चरित्र निर्वाह गरेको उनले खुलाए । भूमिकाबारे उनी थप्छन्, ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाइलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ ।’

‘ज्वाइँ साब’ हेर्न हलमा पुग्ने दर्शक निराश भएर फर्कन नपर्नु उनको दाबी छ । थप्छन्, ‘ज्वाइँ साब हेरिरहँदा दर्शकले मजा लिनुहुन्छ । इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ ।’

फिल्मको ट्रेलरमा प्रमुख नायिका नीति शाहलाई आफ्नो बनाउन चाहने युवाहरुले प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धि पनि सहभागी छन् ।

यसबारे बुद्धि भन्छन्, ‘त्यो एक असल ज्वाइँ बन्न के-के नियम चाहिन्छ भन्ने प्रतिस्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो ।’

यस फिल्ममा आफूलाई बिलकुलै नयाँ भूमिकामा देख्न पाइने उनी बताउँछन् । भन्छन्, ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।’

यस फिल्मका निर्देशक वसन्त निरौलासँग बुद्धिको दोस्रो सहकार्य हो । यसअघि उनीहरुले फिल्म ‘होलिडे’मा सहकार्य गरेका थिए । त्यस्तै, यसअघि जितुसँग बुद्धिले ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् ।

यस फिल्ममा जितु, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ३ : २० बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर