नेप्से २७ अंकले घट्यो, कारोबार साढे ४ अर्बमा खुम्चियो  « Khabarhub

नेप्से २७ अंकले घट्यो, कारोबार साढे ४ अर्बमा खुम्चियो 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.३९ अंकले घटेको छ । नेप्से १.०१ प्रतिशतले घटेर २६६२.३२ विन्दुमा पुगेको हो।

आज नेप्से घटेसँगै कारोबार पनि खुम्चिएको छ ।  आज ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ । 

३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०० वटा कम्पनी कारोबारमा आएको छ । आज ४५ हजार ८७० पटक शेयर किनबेच भएको छ । 

आज सबै समूह राताम्य भएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह २.७६ प्रतिशतले घटेर ३ हजार २३९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले घटेर १ हजार ५४५ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह स्थिर रहेर २०.७० विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक समूह १.१७ प्रतिशतले, होटल एण्ड टुरिजम १.९३ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी १.४५ प्रतिशतले, जीवन बीमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७५ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, निर्जीवन बीमा १.४५ प्रतिशतले, अन्य समूह १.०९ प्रतिशतले र ट्रेडिङ समूह १.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ३ : १२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ