जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस् « Khabarhub

जुम्लाको स्याउको ‘ब्रान्डिङ’ गर्दै ज्ञानेन्द्र शाही, मनीषा कोइरालाले भनिन्– अर्गानिक खानुस्


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित अभिनेत्री मनीषा कोइरालाले जुम्लाको अर्गानिक स्याउ खान अपिल गरेकी छिन् । जुम्लाका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसँग उभिएर कोइरालाले नेपालमै उत्पादित स्याउ प्रयोग गर्न आग्रह गरेकी हुन् । 

ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याइदिनुभयो । हामीले अर्गानिक र नेपालमै उत्पादित खानुपर्छ,’ कोइरालाले भनिन्, ‘कस्तो स्वादिष्ठ र पौष्टिक छ । हेर्दा चम्किलो नभएपनि खाँदा मिठो छ ।’ 

सांसद शाहीले जुम्लाको स्याउ ब्रान्डिङका लागि विभिन्न सेलिब्रेटीसँग भेट गरिरहेका छन् । उनले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई स्याउ उपहार दिएर संसदमा भाषण गरेका थिए । जुम्लाका किसानले उत्पादन गरेको स्याउ बेच्न उनले विभिन्न निकायसँग पहल पनि गरेका छन् । 

स्याउको ढुवानीमा अनावश्यक व्यवधान खडा गरिएको भन्दै उनले संसदबाट विरोधसमेत गरेका थिए । प्रचार–प्रसार भएपछि यसपटक जुम्लाको स्याउले बजार पाएको किसानहरूले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : ०२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर