कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो « Khabarhub

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन तथा वातावरण मन्त्रालयले अनावश्यक हस्तक्षेप गर्दा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेको छ । 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले मन्त्रालयमार्फत समितिले कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि मन्त्रालयले सिधै इकाइमा कर्मचारी पठाउँदा कार्यसम्पादनमा समस्या भएको जनाएको हो ।

समिति अन्तर्गतका पाँच वटा इकाइमा सिधै कर्मचारी पठाउने र फिर्ता गर्ने प्रक्रिया समितिको गठन आदेश र नियमावलीको विरुद्धमा रहेको समितिका अध्यक्ष डा किरण पौडेलले बताए । मन्त्रालयले एकाइहरूमा सिधै कर्मचारी पठाउँदा कर्मचारी परिचालन गर्न अप्ठेरो भएको र कार्यसम्पादनमा समेत असर परेको उनले बताए ।

यस विषयमा मन्त्रालयमा लिखित पत्र पठाउँदा पनि चालू आर्थिक वर्षमा समेत समितिको जानकारीविना कर्मचारी पठाउने , सरुवा गर्ने लगायतका काम भएको पौडेलको भनाइ छ । त्यस्तै उनले बजेट होल्डिङ र योजना तर्जुमामा समेत मन्त्रालयबाट हस्तक्षेप भएको बताए । यसका कारण समितिले स्वतन्त्र भइ कार्य गर्न बाधा पुगेको गुनासो गरे ।

त्यस्तै समितिले वैदेशिक सहायता लिनमा समेत असहयोग भएको जनाएको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये चूरे समिति सरकारबाट प्राप्त बजेटको अधिकतम प्रयोग गरि ९० प्रतिशत भन्दा बढि भौतिक तथा वित्तीय प्रगति गर्ने निकाय भएको समितिले उल्लेख गरेको छ । 

समितिले चूरे संरक्षणका लागि छुट्टै ऐनको आवश्यकता सबै पक्षबाट महसुस भएकाले समितिले चुरे संरक्षण ऐनको मस्यौदा तयार गरेको जानकारी दिएको छ ।  

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : १८ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि