आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी « Khabarhub

आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले मंगलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशंकाबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ । 

‘इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ’, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ । 

इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएका हुन् । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो । 

सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराएका थिए । इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादनमध्ये एक हो । 

इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिएका थिए । 

सन् २०२२ मा एक अधिकारीले इरानसँग आणविक हतियार उत्पादन गर्ने प्राविधिक क्षमता रहेको बताएपछि इरानले आफ्नो आणविक महत्त्वाकांक्षामा कुनै परिवर्तन नभएको कुरामा जोड दिएको थियो ।

गत वर्ष इरानले युरेनियम संवर्धनको गति कम गरे पनि त्यसपछि सन् २०२३ को अन्त्यतिर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनलाई तीव्र बनाएको थियो । 

सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक पर्दछ । इरानले आणविक हतियार क्षमता विकास गर्ने कुनै महत्त्कांक्षा राखेको कुरालाई सधैँ अस्वीकार गर्दै आएको छ र आफ्ना गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरामा जोड दिँदै आएको छ । 

इरानी आणविक केन्द्रहरूमा हुने कुनै पनि आक्रमणले ‘इरानको प्रतिक्रियाको प्रकारमा प्रभाव पार्ने’ जनरल सनाइरदले बताए । 

तेहरानले इजरायलमाथि गरेको आक्रमणमा करिब दुई सय क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । बेरुतमा भएको हवाई आक्रमणमा इरान समर्थित लेबनानी आन्दोलन हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको मृत्युको जवाफमा उक्त आक्रमण गरेको इरानले बताएको थियो । 

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ५ : ४३ बजे

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका