पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद « Khabarhub

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्यांकर, गाँजासहित दुई जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्यांकर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

ट्यांकरको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : २३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट