पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रामपुर – जिल्लाको पर्यटन विकासका लागि शुक्रबार साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो ।

पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा  पाल्पाका साथ रुपन्देही, नवलपरासी, कावासोती, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका ‘राइडर’ सहभागी  छन् ।

बिहान ६ः०० बजे प्रारम्भ भएको साइकलयात्रा तानसेन, भैरवस्थान, लिस्नु भिर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेन पुगेर समापन हुनेछ । जिल्लाका धार्मिक एवं पर्यटकीयस्थल रानीमहल दरबार, भैरवस्थान मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडी, देवदत्तपार्क, लिस्ने भिरलगायत धार्मिक क्षेत्रको परिक्रमा गरिने सङ्घका अध्यक्ष रुपेश महर्जनले बताए।

यात्रामा १४ वर्षदेखि ६५ वर्षसम्मका राइडर सहभागी छन् । सहगाीमध्ये दुई जना अपाङ्गता भएका, एक जना महिला र एक जना विदेशी नागरिक छन् । साइकलयात्राले साहासिक खेलको विकासका साथै पाल्पाको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ९ : ०१ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने