मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ ।

ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

उनका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : १२ बजे

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

काठमाडौं- सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले

न्यायाधीश प्रधानबारे सांसद ढुंगानाको आक्रोश : दलको चप्पल त खोल्नु भएकै रहेनछ

काठमाडौं– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लबारे सत्तारुढ नेपाली कांग्रेसका

ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो

काठमाडौं- आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी

झुन्डिएको अवस्थामा १९ वर्षीय युवक मृत फेला

सर्लाही– सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि

सर्वोच्चका प्रस्तावित न्यायाधीशबारे सुनुवाइ, दुवैले सुनाए कार्ययोजना

काठमाडौं- सर्वोच्च अदालतका दुईजना प्रस्तावित न्यायाधीशहरूबारे सिंहदरबारमा संसदीय सुनुवाइ भइरहेको