प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना | Khabarhub Khabarhub

प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ ।

टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्री बारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दाबढी जरिवाना गरेको छ ।

आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाचीले ३-२ ले जितेको थियो । सो खेलपछि मोरिन्होले भार रेफ्री र पुरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउदै यस्तो रेफ्री आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

मोरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरित भएको भन्दै २० हजार १७८ युरो जरिवाना गरेको छ । त्यस्तै उनलाई अतिरिक्त १३ सय युरो समेत जरिवाना गरिएको फेडेरेसनले जनाएको छ । त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : ३६ बजे

कसरी भाइरल हुन्छ इन्स्टाग्राम रील्स ? जान्नुहोस् प्रक्रिया

काठमाडौं– अहिले इन्स्टाग्राम रील्सले सामाजिक सञ्जालको संसारमा क्रान्ति ल्याएको छ। यो मनोरञ्जनको

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने

जनकपुरधाम – मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ

कुमारी बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा २५ प्रतिशतसम्म छुट

काठमाडौं – कुमारी बैंक लिमिटेडका ग्राहकहरूले लुम्बिनी मेडिकल कलेज एण्ड

द्वन्द्वमा ज्यान गुमाएका कार्यकर्ताको परिवार भेटघाटमा प्रचण्ड

काठमाडौं– पश्चिम नेपालमा राजनीतिक दौडाहामा निस्किएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष