गण्डकी प्रदेश महोत्सव : मुख्य आकर्षण ‘अन्डरवाटर फिस टनेल’ « Khabarhub

गण्डकी प्रदेश महोत्सव : मुख्य आकर्षण ‘अन्डरवाटर फिस टनेल’


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नवलपुर–  नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ ।

गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ मा नेपालमै पहिलो पटक पानी भरिएको टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गर्न लागिएको हो ।

महोत्सवभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले जानकारी दिए ।

‘यो टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छे दुबई जाने गरेका छन्’ उनले भने, ‘दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडाकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइन्छ, यो नेपालमै पहिलो र एकमात्रै प्रविधि हो ।’

टनेलभित्र पानीमा राखिने माछाको लम्बाइ ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरू चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका भएका बताए।  टनेलभित्र एकै पटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण भइरहेको उनले जानकारी दिए ।

‘अहिले धमाधम टनेल निर्माणको गर्ने काम भइरहेको छ,’ उनले भने, ‘एसीसहितको टनेलमा छुट्टाछुट्टै डोम राखेर माछा राख्दै छौँ, यो महोत्सवको विशेष आकर्षण हुनेछ ।’ टनेलभित्रको माछासँगै यस महोत्सवमा विभिन्न मनोरञ्जनात्मक खेल, सांस्कृतिक कार्यक्रम एवं घरायसी उपभोग्य र अटो तथा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी कक्ष रहनेछन् ।

अहिले महोत्सव स्थलमा प्रदर्शनी कक्षसहित विभिन्न जातजातिको सांस्कृतिक घर, बाल उद्यान, प्रवेशद्वार निर्माणसहितका काम भइरहेका उनले बताए ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामान, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टल रहने महोत्सवका मूल संयोजक एवं नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।

सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि यो महोत्सव आफैमा महत्त्वपूर्ण भएको उनले दाबी गरे ।

महोत्सवमार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनसँगै सम्भावनाको खोजी गरिने, नवलपुरको त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचारप्रसार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य भएको भट्टचनले बताए ।

कात्तिक २६ गते सुरु भएर मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोड ७० लाख रुपैयाँको कारोबार हुने तथा ३० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको मूल संयोजक भट्टचनको भनाइ छ ।

एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि ८० रुपैयाँ तथा विद्यार्थीको लागि ५० रुपैयाँको टिकट एवं ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  १२ : ५६ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते